काठमाडौँ । कैलालीमा अत्यन्त विषालु बहिरा खद्रा (रसेल भाइपर) सर्प भेटिएको छ । टीकापुर नगरपालिका–७, बैदीस्थित खेतमा उक्त सर्प भेटिएको हो ।
धान काट्ने क्रममा मेसिनमा च्यापिएर मरेको अवस्थामा सर्प फेला परेको हो ।
सो क्षेत्रमा पछिल्लो तीन वर्षयता लगातार यी सर्प देखा परेका छन् । गत वर्ष घरमा मान्छे सुतेको खाटमुनि रसेल भाइपर भेटिएको थियो । बेलैमा देखा परेपछि उद्धार गरेर सुरक्षित स्थानमा छोडिएको थियो । यसै गरी दुई वर्षअगाडि पनि खेतमा धान काट्ने बेला मेसिनले च्याप्दा मरेको अवस्थामा सर्प भेटिएको थियो ।







