२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्रीद्वारा गोँगबु बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा शुभारम्भ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा नि:शुल्क इन्टरनेट सेवाको शुभारम्भ गरेका छन् । 

काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा नि:शुल्क वाइफाइका पहुँच पुर्‍याउने निर्णयसहित गत असोज ६ गते पदबहाली गरेका सञ्चार मन्त्री खरेलले आज नयाँ बसपार्क पुगी सेवा शुभारम्भ गरेका हुन् । 

 सो अवसरमा उहाँले नयाँबसपार्कसहित काठमाडौँ उपत्यकाको १९ स्थानमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए । “मन्त्रीको हैसियतले पदबहालीका क्रममा गरेको प्रतिबद्धताअनुसार नि:शुल्क इन्टरनेट सेवा जडान सुरु गरेका हौँ, यसलाई बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्दै लैजानेछौँ”, सञ्चार मन्त्री खरेलले स्पष्ट गरे।

सरकारले राजधानी काठमाडौँसहित दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्नेक्रममा काम गरिरहेको जानकारी दिँदै उनले भने, “दार्चुला, बझाङ, जाजरकोट र मनाङको तिलिचो बेसक्याम्पमा इन्टरनेट सेवा पुर्‍याइसकेका छौँ, सोलुखुम्बु, रामेछाप, रौतहट, म्याग्दी, बैतडीलगायतका कमजोर नेटवर्क भएका ठाउँमा प्रभावकारी इन्टरनेट सेवा पुर्‍याउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ” । 

सरकारले सातै प्रदेशका राजधानीमा नि:शुल्क इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री खरेलले मुलुकका गाउँ–सहर, सुगम–दुर्गम सबै क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा पुर्‍याउने सन्दर्भमा आवश्यक काम भइरहेको जानकारी दिए । 

सञ्चार सचिव राधिका अर्यालले सूचना प्रविधिको क्षेत्रमा भएको विकास, स्रोतसाधन र सेवाग्राहीको मागलाई समेत दृष्टिगत गरी देशभर इन्टरनेटको क्षमता विस्तार गर्ने बताए । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले सञ्चार मन्त्रालयको निर्देशनअनुसार नयाँ बसपार्क, काठमाडौँस्थित विभिन्न ठूला अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थललगातयका संवेदनशील एवं महत्त्वपूर्ण स्थलहरूमा नि:शुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार गरिएको जानकारी दिए ।

नयाँबसपार्कस्थित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नि:शुल्क इन्टरनेट सेवा सुरु भएसँगै नयाँ बसपार्क आउने सेवाग्राहीलाई राहत पुग्ने विश्वास व्यक्त गरे । 

यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता  विस्तार गरिएको तथा तीन निर्माणाधीनसहित विभिन्न आठ स्थानमा नयाँ जडान गरिएको प्राधिकरणले जनाएको छ । 

यसैगरी  ठूलोभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ ।

सञ्चार मन्त्री खरेलको अग्रसरतासँगै अब नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नि:शुल्क एवं प्रभावकारी रूपमा वाइफाइ सेवा सञ्चालन हुने भएको छ । 

नि:शुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले नि:शुल्क वाइफाइ इन्टरनेट सेवाका लागि सहकार्य गर्ने भएका छन् ।  

यसैबीच सञ्चार मन्त्री खरेल आजै इन्टरनेट सेवा सञ्चालनका क्रममा अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पशुपति मन्दिर र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।