२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चस्तरीय अध्ययन आयोगको प्रतिवेदन सार्वजनिक, स्वतन्त्र हवाई दुर्घटना जाँच संयन्त्र बनाउन सुझाव

अ+ अ-

काठमाडौँ । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले हवाई दुर्घटना जाँचका लागि स्थायी संयन्त्र बनाउन सुझाव दिएको छ ।

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको छ । आयोग अध्यक्षमा पूर्वन्यायाधीश तथा वर्तमान उद्योग मन्त्री अनिलकुमार सिन्हा थिए ।

सिन्हाका अनुसार यस आयोगलाई काम गर्ने सिलसिलामा मन्त्रालय भित्रैबाट असहयोग भएको थियो । कतिसम्म भने प्रतिवेदन छपाइमा मन्त्रालयले बजेट नदिएपछि आयोगका सदस्यले व्यक्तिगत खर्चमा छपाइ गर्नुपरेको उनले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

आयोगले दुर्घटना जाँचका लागि स्वतन्त्र निकायको व्यवस्था सम्बन्धी प्रावधान अब बन्ने नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सम्बन्धित कानुनहरूमा राख्न भनेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्नेसम्बन्धी दुई विधेयक संसदमा विचाराधीन अवस्थामा थिए ।

सन् १९६० यता नेपालमा ५४ वटा हवाईजहाज र ४० हेलिकप्टर दुर्घटनामा परेका छन् । तिनका प्रतिवेदन सार्वजनिक समेत नगरिएको आयोगको भनाइ छ । सन् २०१२ देखि २०२४ सम्म १४ हवाईजहाज र १५ हेलिकप्टर दुर्घटनामा परे पनि १५ वटा प्रतिवेदन मात्र सरकारले सार्वजनिक गरेको देखिएको छ । आयोगले भनेको छ, ‘दुर्घटना जाँच एवं अनुसन्धान प्रक्रियामा सैद्धान्तिक रूपमा नै त्रुटि रहेको देखिन्छ ।’