काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीमा विशेष महाधिवेशन माग गर्नेलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।
सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले विशेष महाधिवेशनको माग गर्दै फेक हस्ताक्षर ल्याइएको आरोप लगाए ।
बैठकमा उनले भने, ‘विशेष महाधिवेशनको माग गरेर फेक हस्ताक्षर गर्नेहरूलाई अनुशासन समितिले कारबाही गरेर पार्टीबाट निकाल्नुपर्छ ।’
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन भएको थियो । विशेष महाधिवेशनको पक्षमा काँग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
काँग्रेसमा अहिले महाधिवेशन चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेबारे चर्को बहस चलिरहेको छ ।







