२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चुनाव अघि महाधिवेशनको मिति घोषणा गरौँ’ : मीन विश्वकर्मा

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले निर्वाचन अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा उनले २१ फागुनको निर्वाचन अघि नै १५औँ महाधिवेशनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।

महाधिवेशन र निर्वाचन तोकिएको समयमा हुन जरुरी रहेको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ थियो ।

‘मलाई लाग्छ दुवै तोकिएको समयमा हुन जरुरी छ । यसका लागि छलफल र बहसमा अल्झिएर समय बर्बाद नगरौँ,’ उनले भने, ‘महाधिवेशनको माध्यमबाट निर्वाचनको तयारी गरौँ । यसको मतलब निर्वाचनभन्दा अघि नै केन्द्रीय महाधिवेशनको मिति घोषणा गरौँ । सोहीअनुसार सबै तहका अधिवेशनको तालिका सार्वजनिक गरौँ ।’

नियमित कि विशेष महाधिवेशन भनेर वकालतमा समय खेर नफाल्न नहुने नेता विश्वकर्माले बताए ।

‘अधिवेशन पार्टी र निर्वाचन दुवै उत्तिकै महत्त्वका कार्य हुन । केन्द्रीय कार्य समितिले नै सर्वसम्मत विशेष महाधिवेशनको निर्णय गरेर जाने अवस्था बन्छ भने ठिकै होला,’ उनले भने, ‘होइन भने पार्टी सहज अवस्थामा रहँदैन ।’

नेता विश्वकर्माले नियमित अधिवेशनले पार्टी जीवनमा रूपान्तरण ल्याउने र आमनिर्वाचनले जनतामा आशा भर्ने र सिंगो मुलुकलाई सही दिशामा लैजान मद्दत गर्ने उनको भनाइ थियो ।

नियमित अधिवेशनका लागि उपयुक्त मितिमा सहमति निर्धारण गर्न तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्ने उनले बताए । अधिवेशनका लागि अनिवार्य चाहिने समितिहरू जारी केन्द्रीय कार्यसमिति बैठकबाट गठन गरिनुपर्ने नेता विश्वकर्माले बताए ।