२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ओलीसँग लुकेर होइन खुला कुरा गरौँ, थाहा नपाउने गरी किन भेटेको ?’ भन्दै काँग्रेस बैठकमा मिनेन्द्रको प्रश्न

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले संसद् पुनर्स्थापनाबारे पार्टीको स्पष्ट धारणा मागेका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै दुई वटा मुद्दा पार्टीले बोल्न हुने बताए।

उनले भने, ‘अहिलेको संसद्ले आफ्नो म्यान्डेट गुमाएको थियो कि थिएन ? गुमाएको थिएन भने आन्दोलन किन भयो ? आन्दोलनको विरुद्धमा उभिऊँ न, यो आन्दोलन बेठीक थियो भनेर। होइन आन्दोलनलाई एकातिर बोक्ने, अर्कोतर्फ चाहिँ म्यान्डेट गुमाएको थिएन अहिलेको पार्लियामेन्टले भनेर भन्ने, दुइटा कुरा गर्न पाइँदैन। काँग्रेसले एक ठाउँमा उभिओस्, म्यान्डेट गुमाएको हो कि होइन ? म्यान्डेट गुमाएको हो भने नयाँ म्यान्डेटको लागि हिँड्न तयार होस्। नयाँ म्यान्डेटको लागि हिँड्न तयार होस्।’

उनले संसद्को म्यान्डेट कायम भए ओलीसँग खुला कुरा गर्न चुनौती दिए। काँग्रेसभित्र महामन्त्री गगन थापाले यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्यरुपमा भेटेको चर्चा चलिरहेका बेला नेता रिजालले सांकेतिक कटाक्ष गरेका हुन् ।

संसद् पुनर्स्थापनाबारे पार्टीले चलाएको हस्ताक्षर अभियानबारे उनले भने, ‘खुल्ला गएर ओलीजीसँग संवाद गरे भयो नि। किन हामी थाहा नपाउने गरी कुरा गर्न जानुपर्ने हुन्छ र ? भेट्न जानुपर्ने हुन्छ र ? नेपाली काँग्रेसका नेताहरू र एमालेका नेताहरू हिजोसम्म हामीले चलाएको थियौँ सरकार। उहाँलाई यहाँ बोलाऊँ, कुरा गरौँ। उहाँको अफिसमा जाऔँ, कुरा गरौँ, टुंगो गरौँ।’

उनले काँग्रेस हिजो ओली र ‘प्रचण्ड’सँग हिँडेकोप्रति असन्तुष्टि जनाए।

उनले थपे, ‘प्रचण्डसँग मिल्न पाए प्रचण्डसँग, ओलीसँग मिल्न पाए ओलीसँग। यता भए यता, उता भए उता। गर्‍या हामीले त्यही होइन ? गर्‍या त्यही होइन ? गठबन्धन बनाएर चुनाव लड्यौँ। सुविधा हामी सबैलाई प्राप्त थियो। म पनि लड्न पाएको भए गर्थे त्यही।’