काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले देश अहिले भूराजनीतिक जटिलतामा फसेको बताएका छन्।
जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै अन्तर्राष्ट्रिय समुदायसँग कुरा गर्न पार्टीले परराष्ट्र विभाग बनाउनुपर्ने प्रस्ताव राखे।
उनले भने, ‘कि सानो टिम बनाएर डिल गर्नुपर्यो। नेपाली काँग्रेसबाहेक अरूले लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि अन्तर्राष्ट्रिय जगतसँग डिल गर्न सक्दैनन्। हामी परराष्ट्रसँग सम्बन्ध कमजोर हुनासाथै राष्ट्रियता पनि कमजोर हुन्छ। लोकतन्त्र पनि कमजोर हुन्छ।’







