२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन विवादबारे श्याम घिमिरेको जिकिर : ‘टिकट कसले बाँड्ने भन्ने कुरा हो’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता श्यामकुमार घिमिरेले जारी केन्द्रीय समिति बैठक अल्पमत-बहुमतको निर्णयबाट टुंगिने अवस्था आए पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताएका छन्।

सानेपामा जारी बुधबारको बैठकमा धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यदि यो बैठक अनिर्णयको अवस्थामा वा अल्पमत–बहुमतबाट निर्णय गरेर टुंगिने अवस्था रह्यो भने यो पार्टीका लागि दुर्भाग्यपूर्ण हुने छ।,’ केन्द्रीय सदस्य घिमिरेले भने ।

उनले २१ फागुनका लागि तय भएको चुनाव अघि वा पछि महाधिवेशन भनेर भइरहेको पार्टीको विवाद मात्र निर्वाचनमा टिकट बाँड्ने विषय भएको पनि जिकिर गरेका छन् ।

‘महाधिवेशन निर्वाचन अगाडि वा पछाडि भन्ने देखिएको छ । जसले जे–जे भने पनि तोकिएको समयमा चुनाव भयो भने टिकट कसले बाँड्ने, कसको हात माथि रहने भन्ने कुरा नै हो भन्न सकिन्छ,’ घिमिरेले भने ।

उनले विवाद सुल्झाउन विभिन्न चरणमा शीर्ष नेता, पदाधिकारी, पूर्वपदाधिकारी र कार्यसम्पादन समितिसँगै व्यक्तिगत र सामूहिक छलफल भए पनि अन्तरनिहीत स्वार्थका कारण निकास निस्कन नसकेको पनि बताए ।

‘यो विवाद सुल्झाउनका लागि धेरै चरणमा शीर्ष नेताहरू, पदाधिकारी, पूर्वपदाधिकरी, कार्यसम्पादन समितिलगायत सामूहिक र व्यक्तिगत रूपमा, औपचारिक–अनौपचारिक गरेर धेरै पटक छलफल पनि भए,’ उनले भने, ‘तर, निकास निस्कन सकेन । यसको मूलभूत कारण अन्तरनिहित विभिन्न स्वार्थहरू नै हुन भनेर भन्न सकिन्छ।’

नेता घिमिरेले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरलाई अस्वीकार गरेर जान नसकिने भए पनि विशेष महाधिवेशन बोलाइए पार्टी विभाजन हुने खतरा रहेको पनि बताए।

‘विशेष महाधिवेशनको मागलाई अस्वीकार गरेर जान सकिँदैन । हामी विशेष महाधिवेशनतर्फ गयौँ भने यो विषय यति अमूर्त छ कि विधानको धारा १७ (२) बाहेक अन्यत्र कतै पनि त्यो विषयमा उल्लेख छैन,’ नेता घिमिरेले भने, ‘त्यसपछि सुरु हुन्छन् आ-आफ्ना किसिमका व्याख्या । यसबाट पार्टीलाई फुटको बाटोतर्फ उन्मुख गराउन सक्छ।’

विशेष महाधिवेशनले पार्टी विभाजनमा नगएको अवस्थामा पनि पार्टी जीवनमा द्वन्द्वको विऊ विजारोपण भने हुने उनको तर्क थियो । ‘विभाजन नभए पनि पार्टी जीवनमा अनन्त द्वन्द्वको बिऊ रोपिन्छ,’ उनले भने, ‘जसबाट मुक्ति पाउन धेरै समय कुर्नु पर्ने हुन्छ।’