२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र मिश्रले भने : ‘सबै दल ‘प्रचण्ड’पन्थी भए, देशमा बलियो मध्यदक्षिणपन्थी पार्टी अत्यावश्यक छ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा एउटा विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी अत्यावश्यक रहेको बताएका छन् ।

पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाज अहिले ‘प्रचण्डपन्थी’ बनेको उनको टिप्पणी छ ।

नेपाल मूलतः मध्यदक्षिणपन्थी समाज भएको मिश्र बताउँछन् । तर यसमा अति वामपन्थी र मध्यवामपन्थी विचार लादिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा मिश्र लेख्छन्, ‘अति’ हुँदै ‘मध्य’ मा आइपुगेका प्रचण्ड गत ३० वर्षदेखि वामपन्थी राजनीतिको केन्द्रमा छन् । उनले पुरानादेखि नयाँसम्म सबै राजनीतिक दल र नागरिक समाजलाई ‘प्रचण्डपन्थी’ बनाइदिए । ती सबै प्रचण्डपन्थीहरू प्रचण्डलाई गाली गर्न चाहिँ छोड्दैनन् । उनीहरू सबै ‘प्रचण्डभन्दा महान् परिवर्तनकारी हामी हौँ’ भनेर पुष्टि गर्न संघर्षरत छन् ।’

हरेक समाज र राजनीतिलाई सन्तुलनमा राख्न त्यहाँ मध्यदक्षिणपन्थी र मध्यवामपन्थी दुवै धार बलियो हुनुपर्ने मिश्रको विश्लेषण छ ।

उनी थप्छन्, ‘दुःखको कुरा नेपालमा समाज मध्यदक्षिणपन्थी छ तर देशमा एउटा पनि विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी छैन । त्यसैकारण नेपाली समाज अन्योल र विरोधाभासग्रस्त छ । पैँतीस वर्षे राप्रपालाई आजको सबैभन्दा ठूलो चुनौती त्यो विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टी हामी नै हौँ भनेर प्रमाणित गर्नु हो ।’

देश बचाउन र बनाउन ‘पृथ्वीपथ’ लाई अंगाल्ने र जनताले विश्वास गर्न सक्ने मध्यदक्षिणपन्थी पार्टी कसरी बनाउने भन्ने अहिलेको प्रमुख विषय भएको मिश्रले बताएका छन् । व्यक्तिगत अहंकार र स्वार्थभन्दा माथि उठेर सबैले त्यसमा गम्भीर चिन्तन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘अन्यथा, विश्वासिलो र बलियो मध्यदक्षिणपन्थी पार्टीको अभावमा समाज, राजनीति र देशलाई ‘विकृत र विषाक्त वामवादले’ गाँजेर अस्तित्वको संकट सिर्जना गर्नेछ,’ उनले लेखेका छन् ।