२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जडीबुटी खेती विस्तार गर्न नि:शुल्क बिरुवा वितरण

अ+ अ-

गोदावरी (कैलाली) । वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि नि:शुल्क रूपमा बिरुवा वितरण गरेको छ । 

केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रूपमा जडीबुटी खेती गर्न चाहने सर्वसाधारण कृषक, संघ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा नि:शुल्क रूपमा वितरण गरेको हो । 

केन्द्रले कुरिलो, सर्पगन्धा, शीतल चिनी, तेजपात, चिउरी, निम, बेल, मौवा, अश्वगन्धा, कामिनी, गुर्जो, इमिली, सतिसाल, अर्जुनलगायतका प्रजाति उत्पादन गरी वितरण गर्दै आएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत गङ्गादत्त भट्टले बताए । 

केन्द्रले २०७८/०७९ मा एक लाख, ०७९/८० मा एक लाख ३० हजार, ०८०/०८१ मा ५२ हजार र ०८१/०८२ मा ५३ हजार औषधीजन्य बिरुवा सुदूरपश्चिमभर वितरण गरेको उनले जानकारी दिए।  

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा प्राकृतिक वातावरणमा जडीबुटी पाउने स्थानको पहिचान गरी उक्त क्षेत्रमा समूह, सहकारी तथा इच्छुक व्यक्तिलाई जडीबुटी खेतीको दिगो व्यवस्थापनका लागि तालिम, दिगो संकलन, भण्डारण, ग्रेडिङ, प्याकेजिङ र प्राविधिक सल्लाह दिँदै आएको वनस्पति कार्यालयले जनाएको छ । 

केन्द्रले जडीबुटी खेती विस्तारका लागि यहाँका समूह, सहकारीमा आबद्ध किसानलाई अनुदानसमेत दिँदै आएको छ । पछिल्लो केही वर्षदेखि सुदूरपश्चिम प्रदेशबाट रिठ्ठा, तेजपात, काउलो, पाषाणभेद, अमला, झ्याउ, सुनाखरी, चुत्रो, सतुवा, कुटकी, सगन्धवाल, चिराइतो, सतावरी, सेतक चिनी, टिम्मुर, यार्सागुम्बा, जटामसी, बोझो स्वदेशी तथा विदेशी बजारमा गएको पाइएको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा पाइने ५०२ प्रजातिका औषधीय गुण भएका वनस्पति प्रजातिहरूको अभिलेख तयार भएको केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकृत भट्टले जानकारी दिए।