२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनका माओवादी कार्यकर्ता जनार्दनको अभियानमा समाहित

अ+ अ-

काठमाडौँ । चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहका कार्यकर्ताहरूले प्रगतिशील राष्ट्रिय अभियान समाहित भएको घोषणा गरेका छन् ।

आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले कम्युनिष्ट एकतामा सहभागी नभई देश र जनता र युगबोध अनुसार नयाँ ढंगले राजनीतिक पुनर्गठन गर्ने उद्देश्यले प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा गरेका हुन् ।

प्रगतिशील राष्ट्रिय अभियान चितवन जिल्ला घोषणा गर्दै चितवनका संयोजक दीपक शाहीले देशमा सुशासन स्थापना भ्रष्ट्राचार नियन्त्रणका युगबोध अनुसारको राजनीतिक दल निर्माण गर्दै एक व्यक्तिवादी निरंकूश केन्द्रीयतामा चल्दै आएको पार्टी सञ्चालन पद्धतिलाई अन्त्य गरिने बताए । 

जनताद्वारा जनतामाथि चल्ने विशुद्ध जनवादी संरचना तथा शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य हुने उनको भनाइ छ ।

त्यस्तै प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएका नेता सुदर्शन पौडेलले जेनजी आन्दोलनपछि पनि दलहरू सच्चिने अवस्था नदेखिएपछि एकता प्रक्रियाबाट अलग भएको बताए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनताको समस्या समाधान हुन नसकेपछि जेनजी विद्रोह भएको र अव सबैले त्यसको भावनालाई आत्मसाथ गर्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा अन्य नेताहरूले देशलाई जनताको चाहना अनुरूप अघि बढाउनका लागि प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुन आह्वान गरेका थिए ।