२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ हजार पाँच सय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

अ+ अ-

गोरखा । चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । 

 एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका हुन् । “साउनदेखि कात्तिकसम्ममा आठ हजार ५४४ जना आएकामा त्यसमा एक सय ४२ जना नेपाली पर्यटक छन् । बाँकी सबै विदेशी पर्यटक हुन्”, उनले भने । यसअघि विदेशी पर्यटकको मात्र विवरण संकलन गर्ने गरिएकोमा चालु आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा यहाँ १२ हजार ५१२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ । “चार महिनामै आठ हजार बढी पर्यटक आइसकेका छन्, यो आवमा १५ हजारभन्दा बढी पर्यटक भित्रिने हाम्रो अनुमान छ”, एमक्याप प्रमुख शेरचनले भने “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने हो भने केही वर्षमा मनासलु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ । यहाँ हरेक वर्ष पर्यटक सङ्ख्या बढ्दै गएको छ ।”

एमक्यापको तथ्यांकअनुसार आव २०८०/०८१ मा नौ हजार ७८२, २०७९/०८० मा सात हजार ७०५ र आव  ०७८/०७९ मा दुई हजार २८४ जनाले उक्त क्षेत्र भ्रमण गरेका थिए ।

 मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित ‘काउन्टर’मा प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै ठाउँमा शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामा गाउँस्थित ‘चेकपोष्ट’मा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ । नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु. १०० प्रवेश शुल्क तोकिएको छ । 

 निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुमभ्यालीका लागि ‘सिजन’मा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने अन्य समयमा २५ डलर मात्र बुझाउनुपर्ने हुन्छ । यस्तै, नुव्री भ्यालीका लागि ‘सिजन’मा प्रतिव्यक्ति ७० डलर र ‘बेसिजन’मा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउने व्यवस्था छ । मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्छन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ ।