२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै

अ+ अ-

काठमाडौँ । पार्टी एकताको विषयलाई लिएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा मतभेद सिर्जना भएको छ। नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि मधेस केन्द्रित दलसँग जोडिने भन्ने विषयमा जसपामा विवाद देखिएको हो।

पार्टी एकताबारे वार्ता गर्नको लागि जसपाले संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएको छ। श्रेष्ठले शनिवार नेकपासँग एकता वार्ता गरेका थिए।

शनिवारको वार्ता सकारात्मक भएकाले आज पनि बैठक बस्ने तयारी रहेको नेता श्रेष्ठले बताए।

उनले भने, ‘वार्ता सकारात्मक रूपमा अघि बढेको छ। विचार, सिद्धान्त र नेतृत्वको विषय मिले छलफल हुनसक्छ। कुराकानी भइरहेको छ। आज पनि ४ बजे पेरिसडाँडामा बैठक बस्न लागेको बताए। श्रेष्ठ नेकपासँग एकता गरेर जानुपर्छ भन्ने पक्षमा छन्।’

तर, महासचिव मोहम्मद इस्तियाक राई र उपमहासचिव प्रदीप यादवलगायत केही नेताहरू मधेश केन्द्रित दलसँग नै मिलेर जानुपर्ने पक्षमा रहेको एक नेताले बताए।

ती नेताले भने, ‘बैठकमा धारणा राख्ने क्रममा मिश्रित धारणा आएको थियो। अध्यक्ष अहिलेसम्म कतै खुल्नुभएको छैन। नेकपासँग कुरा मिले अब सहमतिमै निर्णय हुन्छ होला।’

जसपाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलगायत मधेश केन्द्रित दलसँग पनि छलफल गरिरहेको छ।

नेकपासँग वार्तामा रहेका श्रेष्ठले भने एकताको विषयले कुनै विवाद पार्टीमा नरहेको जिकिर गरे। उनले थपे, ‘हामीले पार्टीको निर्णय अनुसार नै नेकपासँग छलफल गरेका हौँ। यो सर्वसम्मत निर्णय हो कुनै विवाद छैन।’