२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको दाबी : ‘नयाँ दल गठन गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न हुँदै छ’

अ+ अ-

काठमाडौँ। विघटित नेकपा माओवादी छाडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका जनार्दन शर्माले जेन जेड विद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्क्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थालेको आरोप लगाएका छन्।

सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न भइरहेको बताए।

उनको भने, ‘आज मंसिर ४ गते । वि.सं.२०७९ साल मंसिर ४ गते ५ वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेको तीन वर्ष पूरा भएको दिन पनि हो।

त्यसबेला जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरूले जनप्रतिनिधिहरूलाई भ्रष्टाचार विरुद्ध, सुशासन र विकासको पक्षमा परिचालन नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनको प्रवर्द्धन गरेको कारण नवयुवा (जेन जेड) विद्रोह २०८२ भयो र यो जारी नै छ। परिणामस्वरूप २०८२ फागुन २१ गते नयाँ निर्वाचन घोषणा भएको छ।

नवयुवा (जेन जेड) विद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्क्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थालेपछि ती दलहरूमा पहिले देखिनै सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा संघर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेको अवस्था छ।

जुन जनविद्रोह २०८२ प्रति सम्मान र देश र जनताप्रति कर्तव्य पनि हो। देश र जनताको हितलाई सर्वोपरि मान्ने सम्पूर्ण जनसमुदायलाई नयाँ ढंङ्गबाट सोच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यको निम्ति हार्दिक आव्हान गर्दछु।’