२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

अ+ अ-

बागलुङ । आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर एक हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा तीन हजार ९२९ गरी पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए ।

१०० जनाको बाह्य दर्तासमेत गरेको रिजालले बताए। राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी रिजालको भनाइ छ ।

उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको बताए । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको रिजालको भनाइ छ ।

उनले भने, “यसपाली मतदाता नामावलीमा नाम दर्ता गर्ने धेरै जसो युवाहरू हुनुहुन्छ, कतिपयले यहाँबाट नामसारी गर्नुभयो, कार्यालयमा आएर दर्ता गर्नेभन्दा राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत गर्ने सङ्ख्या बढी देखियो, अहिले अनलाइनबाट दर्ता भएका महिला र पुरुषको सङ्ख्या छुट्टाउने प्रक्रियामा छौँ ।”

नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था छ । उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेन जेड समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली संकलन गरेको हो ।