२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग राखेप सदस्य-सचिवको बिदाइ भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सदस्य-सचिव टंकलाल घिसिङले बिदाइ भेटवार्ता गरेका छन् ।

२०७८ साल मंसिर १३ गते नियुक्त भएका सदस्य-सचिव घिसिङ चार वर्षे कार्यकाल पूरा गरेर शुक्रबार परिषद्बाट बिदाइ भएका थिए ।

परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री कार्कीले घिसिङले आफ्नो कार्यकालमा नेपाली खेलकुदमा दिनुभएको योगदानप्रति सराहना व्यक्त गरेकी थिइन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति रहेको थियो ।

त्यसअघि परिषद् कभर्डहलमा सदस्यसचिवको बिदाइ कार्यक्रम गरिएको थियो । सदस्यसचिवसँगै राखेपका बोर्ड सदस्य अञ्जन धमला, बिना श्रेष्ठ, दीपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसारीलाई पनि बिदाइ गरिएको थियो ।

मिसन–२०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो । सदस्य–सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र प्रदान गरेका थिए । चार पटक ओलम्पिक खेलेका नेपालका एक मात्र खेलाडी वैकुण्ठ मानन्धरबाट हातबाट प्रशंसा पत्र लिएर सदस्यसचिव बिदाइ भएका थिए ।

सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूतपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडी, प्रशिक्षक, कर्मचारी सबैलाई धन्यवाद दिए ।

युवा तथा खेलकुद मन्त्रालयले पनि शुक्रबारै सदस्य-सचिव घिसिङलाई बिदाइ गरेको थियो । राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव हरिप्रसाद लम्सालले घिसिङलाई मायाको चिनो प्रदान गरी बिदाइ गरे । सदस्य-सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालको प्रतिवेदन र राखेपबाट प्रकाशित पुस्तकहरू हस्तान्तरण गरेका थिए ।