२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ’: मन्त्री पुन

अ+ अ-

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताएका छन् ।

मन्त्रीको कार्यभार सम्हाले लगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा गरेका मन्त्री पुनले आज निरीक्षणपछि प्राकृतिक स्वरुपमै पार्क निर्माणमा जोड दिएका हुन् । “उद्यानलाई अहिले जस्तो झाडीले ढाक्न दिइने छैन र कृत्रिमता नझल्किने गरी सुन्दर बनाइने छ”, उनले भने “विगतमा चितुवा लुक्ने झाडी रहेको उद्यानलाई राम्रोसँग हिँड्डुल्न गर्न मिल्ने स्थान बनाइने छ ।”

मन्त्री पुनले उद्यानको पुनर्जीवनले उच्च शिक्षाको केन्द्रीय थलोका रूपमा रहेको त्रिवि परिसर शृंगार गरे जत्तिकै हुने भन्दै यसका लागि सरकारले आर्थिक स्रोत खोजिरहेको जानकारी दिए । त्रिविलाई भौतिक रूपमा मात्र नभई शैक्षिक रूपमा समेत सुन्दर बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि त्रिविलाई राजनीतिमुक्त बनाउनुपर्नेमा जोड दिए ।

विगत ४५ दिनदेखि हालसम्म करिब चार हजार जनाले स्वयंसेवकका रूपमा उद्यानको झाडी फाँड्ने र सरसफाइको काममा जुटेका त्यस अवसरमा जानकारी दिइयो । सरसफाइमा हरेक दिन २० देखि ३० जना र शनिवार ४०० जना सम्म सहभागी हुने गरेका छन् ।

विभिन्न संस्थाले स्वस्फूर्त रूपमा सरसफाइ गर्न आवश्यक औजार, खाजा खर्चसमेत गरी झन्डै रु. पाँच लाख बराबरको सहयोग गरिसकेका र हाल झाडी फाँड्ने काम ९० प्रतिशत सकिएको मन्त्री पुनलाई जानकारी गराइएको थियो ।