काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी आफूहरूको आत्म समीक्षाको परिणाम भएको बताएका छन्।
आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नेपाली कम्युनिस्ट पार्टीले गरेको एकता सभा नेताहरूको आत्मालोचना भएको समेत दाबी गरेका छन् ।
विगतमा भएका कमजोरीहरूप्रति आफूहरूले आत्म समीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्।
यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी संयोजक दाहालको छ। अब देशमा देखिएका समस्याहरू समाधान गर्नेमा केन्द्रित हुने उनले बताए।
उनले भने, ‘आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरूको नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन आएका सबै नेताहरूको आत्मालोचना सभा पनि हो। तपाईँहरूको अगाडि विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरूप्रति आत्म समीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईँहरूका अगाडि संकल्प गर्न आएका हौँ। यो संकल्प सभा पनि हो। एकता गर्ने कोसिस त विगतमा पनि गरेका हौँ। यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ केन्द्रित भएको नेपालको इतिहासमै पहिलो घटना हो। यो आत्म समीक्षाको परिणाम हो। रूपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो। देशमा देखिएका समस्याको समाधान गर्न फेरि एक पटक प्रतिबद्धता व्यक्त गर्दछौँ।’
संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताए।







