२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति हो : उपसभामुख राना

अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताएकी छन्। किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको य:मरि पुन्ही-धान्य पूर्णिमा तथा ज्यापू दिवसका अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिने क्रममा यस्तो बताएकी हुन् । 

उपसभामुख रानाले भनेकी छन्, “सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ । संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचानयुक्त समृद्ध राष्ट्रका रूपमा व्याख्या गरेको छ । सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति, परम्परा र चाडपर्वलाई सम्मानपूर्वक मनाउने मौलिक हक सुनिश्चित गरेको छ, यही विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो ।” 

उनले वर्तमान राष्ट्रिय परिस्थितिले हामी सबैलाई लोकतान्त्रिक मूल्य-मान्यता, विधिसम्मत शासन र उत्तरदायी संस्थाहरूलाई अझ मजबुत बनाउन आह्वान गरिरहेको उल्लेख गरेकी छन् । त्यसका लागि जनताले देखाएको विश्वासलाई निरन्तरता दिन सबै जिम्मेवार ढङ्गले अघि बढ्नु अहिले सबैको कर्तव्य भएको पनि बताइन् । 

उपसभामुख रानाले भनिन्,“त्यसका लागि संसद् देशको नीति–निर्देशन, जनताको आवाज प्रतिनिधित्व, संविधान र कानुनको रक्षा तथा सुशासन निर्माणको केन्द्रबिन्दु हो । संसद्ले सञ्चालन गर्ने विधायन, नीतिनिर्माण तथा संसदीय अनुगमनका कार्यमा अब जिम्मेवार ढङ्गले अगाडि बढ्नुपर्छ । आगामी निर्वाचन लोकतन्त्रको मर्म र राष्ट्रको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण क्षण भएकाले सबै योग्य नागरिकसँग शान्तिपूर्ण, मर्यादित र उत्साहपूर्ण तरिकाले लोकतान्त्रिक अभ्यासमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मेरो अनुरोध छ ।” 

कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किराँत समुदायले अन्नबाली भित्र्याइएको खुसियालीका साथ मनाइने समुन्नत सांस्कृतिक पर्व हो । खेतबाली पाकेपछि इष्टदेवी–देवतामा आहुति अर्पण गर्ने, पितृको स्मरण गर्ने र सामुदायिक मेलमिलाप विस्तार गर्ने परम्परा यस पर्वको मौलिक विशेषता हो । 

यसैगरी, नेवार समुदायको य:मरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवस पनि नयाँ अन्न भित्र्याइएका खुसीका साथ कृषि–संस्कृतिमै आधारित महत्त्वपूर्ण चाडपर्वका रूपमा मनाइन्छ । यी सबै पर्वहरूले परिश्रम, प्रकृतिप्रेम, सामूहिकता र सांस्कृतिक पहिचानप्रतिको गर्वलाई अझ बलियो बनाउँछन् ।

उनले भनेकी छन्, “किराँत समुदायको उधौली पर्व, नेवार समुदायको य:मरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसले प्रतिवर्ष हामीमा सहिष्णुता, एकता र समृद्धिको भावना जागृत गरिरहन्छन्, यी सबै पर्वहरूले हामीलाई प्रकृतिप्रेम, परिश्रमको सम्मान र साझा पहिचानप्रतिको गर्वमा एकताबद्ध गरून् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।”