२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने

अ+ अ-

काठमाडौँ। एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने एमालेले जनाएको छ ।

स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालले उद्घाटनको खुल्ला सत्रमा उल्लेख्य सहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने बताएका हुन् । बन्द सत्रमा करिब ५०० स्वयंसेवक खटाइने उनले बताए ।

एमालेको ११ औँ महाधिवेशनको उद्घाटन यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्द सत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ ।

संयोजक ढकालका अनुसार स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट खटाइने छ । एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ ।

उद्घाटन समारोहको मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन भइसकेका छन् । उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

एमाले महाधिवेशन यही मंसिर २७ गतेदेखि २९ गतेसम्म हुनेछ । महाधिवेशनमा आयोजक र निर्वाचित गरी २ हजार ४०० प्रतिनिधि रहने एमालेले जनाएको छ ।