२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजस्व विभागले भन्यो : ‘ठूला करदाताको पूर्ण कर परीक्षण निरन्तर भइरहेको छ’

अ+ अ-

काठमाडौँ । ठूला करदाताको पूर्ण कर परीक्षण गर्ने काम अहिले पनि निरन्तर भइरहेको आन्तरिक राजस्व विभागले स्पष्ट पारेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि विभाग अन्तर्गतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यालय समेतका लागि पूर्ण कर परीक्षण कार्य गर्ने गरी वार्षिक कार्यगत लक्ष्य निर्धारण भइरहेकोमा पूर्ण कर परीक्षणको काम नियमित भइरहेको विभागले स्पष्ट पारेको छ ।

खासगरी बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी, आयकर ऐन २०५८ को दफा  १०१ (३) तथा मूल्यअभिवृद्धि कर ऐन २०५२ को दफा २० (४) बमोजिम चार वर्षमा म्याद जाने फाइल र आयकर ऐन २०५८ को दफा ८३ बमोजिम सूचना दिई कागजात प्राप्त भएका फाइलको पूर्ण कर परीक्षण गर्ने काम नियमित भइरहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

अन्यका हकमा भने राजस्व जोखिमका आधारमा मात्र कर परीक्षण हुने विभागको भनाइ छ । यसअघि अर्थमन्त्री रामेश्वर खनालले आवश्यकता देखिएको अवस्थामा मात्र फुल अडिट हुने बताएका थिए ।

तर, विभागले विगतमा जस्तै फुल अडिट गर्न थालेपछि गुनासो बढेको थियो । जसमा स्पष्ट पार्दै विभागले यसलाई नियमित काम भनेको हो ।