२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १६९ रन जोड्यो। 

उसका लागि ओपनिङ ब्याटर क्रिस लिनले ७५ रन जोडे। १७औँ ओभरको समाप्तिमा रिटायर्ड हट भएका लिनले ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

अर्का ओपनर विनोद भण्डारी २१ रनमा आउट भए। यस्तै इशान पाण्डे र हर्मित सिंह १-१ रन बनाएर पेभिलियन फर्के। 

एनपिएल डेब्यू गरेका पुनित मेहराले १३ रन बनाए। मेहरा र पाण्डेलाई चितवनका सइफ जइबले क्याच गराउँदा डेब्यू इंग्लिस बलर जर्ज स्कृमशले हर्मितलाई आउट गरे। अन्त्यमा कप्तान दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट २४ रन र आरिफ शेखले १६ बलमा नटआउट २४ रन बनाए।

बलिङमा चितवनका जइबले २ विकेट लिए भने रञ्जित कुमार स्कृमशले १-१ विकेट हात पारे।

यसअघि लगातार पाँच खेल जितेर शीर्ष चार पक्का गर्दै सुदूरपश्चिम प्लेअफमा पुगिसकेको छ। आजको खेल जितेमा सुदूरपश्चिम शीर्ष दुईमा रहेर पहिलो क्वालिफायरमा  पुग्नेछ। 

पाँचमध्ये दुई खेलमा मात्र जित निकालेको चितवनका लागि भने शीर्ष चारमा परेर प्लेअफमा पुग्न आज जितको आवश्यकता छ।