२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना

अ+ अ-

काठमाडौँ । स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार ९०० मिटर (हाइअल्टिच्यूड) को उचाइमा क्रिकेट रंगशालासहित विविध पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन, सामाजिक सेवामा साझा पहल र अनुभव आदानप्रदान, युवा, महिला तथा पिछडिएको समुदायलाई सशक्त बनाउनेलगायत विषयमा सम्झौता भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले जानकारी दिए । 

 निर्माणाधीन क्रिकेट रंगशाला सोही पालिका जन्मथलो भएका चर्चित क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा निर्माण भइरहेको जनाउँदै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी उक्त क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन गरी विश्वमाझ अर्जुनचौपारी चिनाउने तयारी थालिएको बताए ।

आर्थिक विकास, कृषि उत्पादन, व्यापार र स्थानीय रोजगारी सिर्जना, दीर्घकालीन सांस्कृतिक, सामाजिक र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने सम्झौतामा उल्लेख छन् । सहकार्यका लागि दुवै पालिकाबाट संयोजकसहित भगिनी सम्बन्ध समन्वय समिति गठन गर्ने, वेबसाइट, सूचना प्रणाली, रिपोर्टमार्फत नियमित जानकारी आदानप्रदान र स्रोत, साधनको परिचालनका साथै प्राविधिक सहयोग गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए ।

सम्झौतामा पर्यटन, संस्कृति र धार्मिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि सहकार्य गरिने छ । अर्जुनचौपारीमा रहेको नेपालको पहिलो नवग्रह मन्दिर र अपिहिमाल पालिकामा रहेको अपिहिमालसहित अन्य पर्यटकीय गन्तव्य, उच्च हिमाली पर्यटन, साहसिक र ट्रेकिङ मार्गको विकास र सुरक्षा, सांस्कृतिक कार्यक्रम, जात्रा तथा उत्सव, मौलिक परम्पराको संरक्षण, प्रवर्द्धन र पर्यटक सुरक्षाका लागि प्राविधिक तालिम, मार्ग र सुविधा विकासमा सहकार्य गरिने सम्झौता पत्रमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रोत्साहन गर्ने व्यवस्थाअनुरूप आफूहरूले यस्तो सम्झौता गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीले बताए ।