२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर काठमाडौँमा

अ+ अ-

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर आइतबार अपरान्ह काठमाडौँ आइपुगेका छन्। 

एयर इन्डियाको नियमित उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए।

उनको साथमा भारतीय विदेश मन्त्रालयकै उपसचिव सकेता राजा मुसिनीपाल्ली पनि नेपाल आएकी छन्।

गत साउनमा भएको जेन जेड आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएयता भारतीय विदेश मन्त्रालयबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो। अतिरिक्त सचिव महावर भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान हेर्ने विभागको प्रमुखसमेत हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार तीन दिने भ्रमणमा रहेका महावरले सोमबार र मंगलबार राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलगायत उच्च नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। त्यस्तै निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छुट्टै भेटवार्ता हुने जनाइएको छ।

उच्च स्रोतले दिएको जानकारीअनुसार भेटका क्रममा महावरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भारत सरकारले आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनेछन्। निर्वाचन सुरक्षा, मतदाता शिक्षा र इलेक्ट्रोनिक भोटिङ मेसिन(ईभीएम) प्रयोगबारे पनि छलफल हुने सम्भावना रहेको स्रोतले बतायो।

महावर मंसिर २४ गते (डिसेम्बर १० तारिख) स्वदेश फर्किने कार्यक्रम छ।

भारतले नेपालको निर्वाचनमा लामो समयदेखि प्राविधिक सहयोग गर्दै आएको छ। सन् २००८, २०१३ र २०१७ को निर्वाचनमा पनि भारतीय पक्षबाट यस्तै सहयोग प्राप्त भएको थियो। यो भ्रमणलाई नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ।