२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक अस्पताल भद्रपुरमा एनआइसीयु सेवा सञ्चालन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य उपकरण आएको १२ वर्षपछि प्रादेशिक अस्पताल भद्रपुरमा बल्ल (नवजात सघन हेरचाह इकाई) एनआइसीयु सेवा सञ्चालनमा आएको छ।

एनआइसीयु सेवा सुरु भए लगतै प्रसूति गराउन अस्पताल आउने गरिब तथा विपन्न परिवार निजी अस्पताल धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको छ।

चार बेडको एनआइसीयु सेवा सञ्चालन अघि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार गुप्ताले सोमबार बिहान विशेष पूजापाठ गरेका थिए। त्यसपछि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल र भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले संयुक्त रूपमा एनआइसीयु सेवा कक्षको उद्घाटन गरेका थिए।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७० सालमा नवजात शिशुको उपचारलाई सहज पुर्‍याउने उद्देश्यले एनआइसीयु सेवा सञ्चालनका लागि अस्पताललाई दुई चरणमा गरी स्वास्थ्य उपकरण उपलब्ध गराएको थियो। तर, जनशक्ति अभावले एनआइसीयु सेवा सञ्चालनमा आउन सकिरहेको थिएन। कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनशक्ति उपलब्ध गराएपछि एनआइसीयु सेवा सञ्चालनमा ल्याउन सकेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताले बताए।

एनआइसीयुका लागि चार जना बालरोग विशेषज्ञ, ९ जना नर्सिङ स्टाफ, चार जना कार्यालय सहयोगी र चार जना सुरक्षा गार्ड चाहिन्छ। त्यो जनशक्ति थप गरी अहिले पुरानो भवनको बच्चा वार्ड नजिकै एनआइसीयु कक्ष सञ्चालनमा ल्याएको डा. गुप्ताले बताए ।