काठमाडौँ । सरकारले जेन जेडहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेन जेड समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको एक मन्त्रीले बताएका छन् ।







