२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरलाई ९४ रनमा अल आउट गर्दै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो ।

लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ । रोएल्सले पहिलो कवालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।

विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।

६-३ र ३०-४ को अवस्थामा पुगेको विराटनगरका लागि हिजलेट र डे लाङले २८ रनको साझेदारी गरेका थिए । तर यो साझेदारी ब्रेक भएपछि विराटनगरको ब्याटिङ कोल्याप्स भयो ।

लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।

रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए । र अभिशेष गौतमले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

टिमको स्कोर ८ हुँदा दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे ।

लगातार दोस्रो खेलमा ओपनिङ गरेका दिनशे अधिकारीले राम्रो ब्याटिङ गर्न सकेनन् ।

यस्तै विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन जोडे ।

सन्दिप जोरा र जेजे स्मिथ खाता नखोली आउट हुँदा दिलिपन नाथ पनि १ रन बनाएर आउट भए । शेर मल्लले ७ रन जोडे ।

पहिलो १० ओभरमा ६९र१ को अवस्थामा रहेको लुम्बिनीले त्यसपछिको १० ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पछिल्लो १० ओभरमा लुम्बिनीले ६५ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

विराटनगरका बलरहरु विशेष गरी सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले आज उत्कृष्ट बलिङ गर्दै नियमित विकेट लिँदा लुम्बिनीको इनिङ्स दबाबमा परेको थियो ।

सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ केट लिए । प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

यस खेलको विजेता फाइनल पुग्नेछ र उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । लुम्बिनीका जेजे स्मिथले पनि २ विकेट लिए ।