२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयमै जेन जेड कक्ष राखेर काम गर्ने श्रम मन्त्री भण्डारीको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेन जेड कक्ष राखेर काम गर्ने बताएका छन् । मन्त्रालयमा जेन जेडका अगुवाहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहने गरी सेल स्थापना गर्ने उनको भनाइ छ । उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सिपयुक्त जनशक्तिका लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए ।

‘एउटा जेनजीको सेल नै यही (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरू उहाँसँग छलफल गर्ने र उहाँहरूकै साथ र सहयोग लिएर हामीहरूले रोजगारीका लागि प्राइभेट सेक्टरमा कसरी जान सकिन्छ, ट्रेनिङ सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरू के-के हुन सक्छन्, त्यसका लागि जेनजी सेलकै प्रतिनिधित्व रहने गरेर काम अगाडि बढाउँछौँ,’ उनले भने ।

जेन जेड सेल स्थापना गर्नका लागि आफूले निर्देशन दिएको जानकारी दिँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उनले बताए ।

उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

उनले प्रधानमन्त्रीले सुशीला कार्कीले जेन जेडको भावना अनुरूप काम गर्न निर्देशन दिएकोले सोही अनुसार आफूले काम गर्ने बताए । आफ्नो पहिलो प्राथमिकतामा नै जेन जेड हुने उनको भनाइ छ ।