२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको विप्लव’को प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । नेकपा माओवादीमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेसँग सहकार्यबारे कुनै छलफल नै नभएको प्रष्टीकरण दिएका छन्।

पार्टीको नवौँ केन्द्रीय समितिको चौथौँ विशेष बैठकमा बोल्दै सर्वपक्षीय सरकारको विषयमा मात्रै एमाले र आफूहरूको मुद्दा मिलेको उनको तर्क छ।

उनले भने, ‘सर्वपक्षीय सरकारको विषयमा दृष्टिकोण मिलेको हो। दृष्टिकोणको विषयमा त जोसुकैसँग कुनै बेला मिल्न सक्छ। दृष्टिकोण मिल्दा सहकार्यको सम्भावना पनि हुनसक्छ तर अहिले एमालेसँग मात्रै कुनै छलफल चलेर सहमति भइसकेको स्थिति होइन। सल्लाघारीको सम्बोधनलाई लिएर अनेक कुरा आयो। त्यहाँ पनि हामीले पात्रको बारेमा होइन, कम्युनिस्ट आन्दोलनको बारेमा कुरा गरेको हुँ।’

उनले कम्युनिस्ट पार्टीहरूबिच एकता हुनुपर्छ भनेर प्रस्ताव अघि सार्ने नै आफ्नो पार्टी भएको जिकिर गरे। नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने ठाउँमा भएकै पार्टी खप्टाउने र जेन जेड आन्दोलनपछि हतारो गरेकाले प्रचण्डसँग मिल्न नसकेको बताए।

उनले थपे, ‘समाजवादी मोर्चामार्फत देशको मुद्दा अघि बढाउन अहिले पनि हामी तयार नै हो। अहिले पनि सधैँको लागि सिद्धि सक्यो भन्ने होइन। माओवादी आन्दोलन अहिले पनि ठुलो कठघरामै छ। त्यस्ता विषयको जवाफ दिने गरी एकता गर्नुपर्छ।’

नेपाली कम्युनिस्ट पार्टीसँग एकताको लागि पदको भन्दा पनि अन्य कुरा नमिलेपछि पछि हटेको उनको भनाइ छ।