२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप

अ+ अ-

अत्तरिया (कैलाली) । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो । 

विसं २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा जिल्लामा ६२९ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १२ मतदान केन्द्र थपिएर ६४१ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । मतदानस्थल भने साविककै २३७ वटा रहेको उनले जानकारी दिए ।  

मतदाता सङ्ख्या बढेसँगै मतदान केन्द्र थप भएको उनको भनाइ छ । जिल्लामा यस वर्ष १६ हजार ७०८ आठ मतदाता थपिएका कार्यालय प्रमुख भट्टले बताए। उनका अनुसार अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उनले बताए । जसमध्ये, दुई लाख ८० हजार २४३ महिला, दुई लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य मतदाता रहेका छन् । 

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं १ मा एक लाख आठ हजार ४९१, क्षेत्र नं २ मा एक लाख सात हजार ७५७, क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२, क्षेत्र नं ४ मा एक लाख १५ हजार १४३ र क्षेत्र नं ५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका प्रमुख भट्टले जानकारी दिए ।