२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री गौतमको दाबी : ‘मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति बनाउँछौँ’

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले सरकारले मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति बनाउने तयारी थालेको बताएकी छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले बुधबार आयोजना गरेको ‘मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा उनले मानसिक स्वास्थ्यसम्बन्धी नीति छिट्टै बनाउने बताएकी हुन् । उनले हालसम्म मानसिक स्वास्थ्यसम्बन्धी छुट्टै नीति नरहेको बताइन् ।

पुरानो स्वास्थ्य नीतिको संशोधन प्रक्रियाका कारण मानसिक स्वास्थ्यसम्बन्धी नयाँ नीति त्यसमा समावेश हुने अपेक्षा गरिएको भए पनि मन्त्रालयले नयाँ नीतिलाई नै प्राथमिकतामा राखेको बताइन् ।

मानसिक स्वास्थ्यको छुट्टै नीति बनाउन मन्त्रालयले आवश्यक तयारी थाल्ने पनि उनले जानकारी दिइन् ।

उनले मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन् ।

सर्वोच्च अदालतको परमादेशअनुसार मानसिक स्वास्थ्य सेवा विस्तारका लागि महाशाखा गठन गर्ने विषयमा सरकारपछि नहट्ने उनको भनाइ छ । तर वर्तमान आर्थिक अवस्था र मानव संसाधनको सीमालाई ध्यानमा राख्दै समय निर्धारण गरेर अगाडि बढ्ने उनले जानकारी दिइन् ।

फैसला कार्यान्वयन गर्ने विषय सरकारको प्राथमिकता रहेको उनको भनाइ छ । अदालतको परमादेश कार्यान्वयन नगर्ने भन्ने प्रश्न नउठ्ने उनले बताइन् ।

उनले संरचनात्मक रूपमा मात्रै महाशाखा बनाएर त्यहाँ जनशक्ति राखेर कार्यक्रम सञ्चालन गर्न नसक्ने अवस्था आएमा थप प्रत्युत्पादक हुने बताइन् ।

हाल मन्त्रालयले शाखा स्तरबाट मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम अघि बढाइरहेको उनले जानकारी दिइन् ।

मन्त्री गौतमका अनुसार सरकारको लक्ष्य मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नु रहेको छ ।

उनले महाशाखा बनाउनेतिर भन्दा काम चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउने मन्त्रालयको प्राथमिकता भएको बताइन् ।

‘अदालतको परमादेशलाई कार्यान्वयन नगर्ने भन्ने त सवाल नै हुँदैन । महाशाखा चाहिन्छ भन्ने कुरा छ । संरचनात्मक रूपमा महाशाखा नबनाउने भन्ने कुरा होइन, तर कति समयमा बनाउने भन्ने कुरा चाहिँ हो । अहिलेका आर्थिक स्थिति र हाम्रो मानवीय स्रोतको स्थिति हेर्दा महाशाखा भनेर त्यहाँ मान्छे राखिदिएर कार्यक्रम लान पाएन भने त फेरि त्यो त प्रत्युत्पादक भयो नि,’ उनले भनिन् ।

उनले अगाडि भनिन्, ‘जहाँसम्म मानसिक स्वास्थ्यको नीतिको कुरा छ, पुरानो नितिसित फेरि नयाँ लेख्नुपर्छ भन्नेछ, यसबीचमा पुरानो कार्यविधिमा स्वास्थ्यको नीति बनिरहेको भएर त्यसमा समावेश भइहाल्छ भनेर मानसिक स्वास्थ्यको नयाँ नीति चाहिँ भइसकेको अवस्था रहेन छ । तर अहिले हामी मानसिक स्वास्थ्यको नीति चाहिन्छ, भनेर त्यसमा काम गर्ने भन्ने हाम्रो नीति छ । हामी त्यसमा अगाडि बढ्ने नै क्रममा रहेका छौँ ।