२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा हन्डर खाएर गाउँ फर्किएका लोकबहादुरको मौरी मोह

अ+ अ-

ढोरपाटन (बागलुङ) । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ ।

बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब ६ वर्ष मलेसियामा बिताए । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उनी गाउँ फर्किए  । त्यसपछि गाउँमै सुरु गरे, मौरिपालन व्यवसाय । अचेल विदेशको दुःख बिर्सेर आफ्नै पाखापखेरामा मौरीसँगै रमाइरहेको उनले सुनाए ।

केसी बिहान उठेदेखि साँझसम्म मौरीका घार सफा गर्ने, हूल छुटेर भागेका मौरीलाई पुनः घारमा ल्याउने र बिरामी भए/नभएको हेरचाह गर्नमा व्यस्त हुन्छन् ।

एउटा घारबाट सुरु गरेको मौरीपालन हाल ६५ घारमा पुर्‍याएका छन् । ३७ वर्षीय केसीका दौँतरी कोही पनि गाउँमा भेटिँदैनन् । कोही जापान, कोही कतार त कोही मलेसियामा छन् । केसीले गाउँमै बसेर हाल परदेशमा भएका साथीभाइले जत्तिकै कमाई गर्न गाह्रो नभएको बताए ।

उनले विसं २०७६ मा एउटा घारबाट सुरु व्यवसाय सुरु गरेका थिए । केसीलाई सुरुमा स्थानीय बडिगाड गाउँपालिकाले आठ हजारको मौरी घार उपलब्ध गराएको थियो । त्यसपछि थप्दै थप्दै आफूले १२ लाखभन्दा बढी लगानी गरिसकेको उनले जानकारी दिए ।

केसीले भने, ‘देश, विदेश देखियो, जहाँ गएर पनि पैसा कमाउन दुःख गर्नुपर्ने रहेछ । मैले छ वर्ष मलेसियामा काम गरेँ, अहिले त्यहाँ श्रम खर्चेकोमा पछुताएको छु, त्यो समय यहीँ केही गरेको भए धेरै प्रगति भइसक्थ्यो । विदेशले पनि केही कुरा त सिकायो नै, अब गाउँमै केही गर्छु, भन्ने सोच छ । मौरीपालन पनि राम्रो हुँदै गएको छ, अझै बढाउने योजनामा छु ।’

केसीले वार्षिक २२ लाखको मह र मौरी घार बिक्री गर्दै आएको बताए । एउटा घार १० हजार र प्रतिकिलो मह एक हजारमा बिक्री हुने गरेको र महको बजार राम्रो हुँदा मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ ।

केसीले उत्पादन गरेको मह हाल बागलुङ, कुश्मा, पोखरा, रुकुम, जाजरकोटलगायत स्थानमा पुग्ने गरेको छ । नेपालसँगै अमेरिका, साउदी, कतार र जापानसम्म आफूले मह निर्यात गर्ने गरेको उनले बताए ।

‘गाउँमा धेरै सम्भावना छन्, ती सम्भावनालाई हामीले सदुपयोग गर्न सकियो भने आत्मनिर्भर बन्न सकिन्छ । म पनि विभिन्न कारणले विदेश गएको थिएँ, तर त्यहाँ गएपछि बल्ल गाउँठाउँको महत्त्व बुझेँ’, केसीले भने, ‘अहिले जे गरिरहेको छु, त्यो पहिलेदेखि नै गर्नुपर्थ्यो, विदेश जानुभन्दा यही लगानी गरेर उद्यम गर्न सकियो भने स्वाभिमानका साथ बस्न सकिँदो रहेछ भन्ने बुझेँ, अरु युवाले पनि बुझ्नुपर्छ भन्ने लागिरहेको छ ।’

हाल उनले यही व्यवसायबाट १४ जनाको परिवार धान्दै आएका छन् ।