२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भएको बताएका छन् ।

अर्का महामन्त्री गगनकुमार थापासँगको छलफलपछि शर्माले नियमित महाधिवेशन नहुनु भनेको विशेष महाधिवेशनको ढोका ढकढकाउनु भएको बताएका हुन् ।

‘नियमित महाधिवेशनको ढोका बन्द हुनु भनेको विशेषको ढोका ढकढकाउनु हो,’ उनले भने, ‘ विधानको धारा १७ को उपधारा २ बमोजिम यसको कामकारबाही अघि बढ्छ । विधानको पालना गर्ने कुरा महामन्त्रीहरूको पनि हो, कार्यवाहकको पनि हो, सभापतिको पनि हो। जसरी संसद् विघटन संविधान विपरीत भयो भन्ने काँग्रेसले आफ्नो अधिवेशन पनि विधान बमोजिम नियमित पनि नगर्ने र विशेष पनि नगर्ने हुँदैन यो पनि विधान विपरीत हुन्छ ।’

शर्माले विशेष महाधिवेशनको विषयमा दुई दिनभित्र टुंगो लाग्ने पनि बताए । ‘अबको दुई दिनभित्र यसलाई कुन रूपमा गर्ने भन्ने टुंगो लगाउँछौँ’ उनले भने । सभापति शेरबहादुर देउवाको सचिवालयका अनुसार आज साँझ ५ बजे देउवाले दुई महामन्त्रीसँग छलफल गर्दैछन् ।