२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी विरुद्ध तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । मेयर र प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीविरुद्ध तीन करोड २७ लाखको भ्रष्टाचार मुद्दा गरिएको छ । 

बाजुराको बुढीगंगा नगरपालिकाको नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियत पूर्वक संशोधन गरिएको, प्रतिस्पर्धा सीमित पारिएको र न्यूनतम कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य बनाई बढी कबोल गर्ने  कम्पनीलाई ठेक्का दिइएको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको हो। 

तत्कालीन नगर प्रमुख दीपकविक्रम शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन सहित कर्मचारी र ठेकेदारविरुद्ध तीन करोड २७ लाख ७८ हजार रुपियाँ बिगो कायम गर्दै आइतबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

अख्तियारले दायर गरेको मुद्दामा तत्कालीन नगर प्रमुख शाह, नगरपालिकाका प्रशासकीय तथा प्राविधिक कर्मचारी र निर्माण कम्पनीका प्रतिनिधिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग दाबी गरिएको छ।