२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा मल्ल

अ+ अ-

काठमाडौँ । नेपाल सौर्य विद्युत् उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको २५औँ वार्षिक साधारण सभाबाट १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ, महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन् । 

यस्तै संघको सदस्यमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दीपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ ।

राष्ट्रिय प्रसारण लाइन पुगे–नपुगेका, सुगम, दुर्गम, क्षेत्रमा घरेलु सौर्य विद्युत् प्रणालीलगायत स्वास्थ्य, शिक्षा, सिँचाइ, सञ्चार, खानेपानी क्षेत्रमा सौर्य ऊर्जाका माध्यमबाट विद्युतीकरण गरी सेवा पुर्‍याउन संघले भूमिका निर्वाह गर्दै आइरहेको नवनिर्वाचित द्वितीय उपाध्यक्ष सुदर्शन बानियाँले जानकारी दिए ।

सौर्य ऊर्जा उत्पादनमा क्रियाशील संस्थालाई संगठित गर्ने उद्देश्यले निजी क्षेत्रको प्रयासमा २०५७ साउन २० गते नेपाल सौर्य विद्युत् उत्पादक संघ स्थापना भएको थियो । संघमा हालसम्म १३८ उद्योग तथा कम्पनी आबद्ध छन् । संघले यस वर्ष विविध कार्यक्रम गरी रजत जयन्ती मनाउँदै छ ।