२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई निर्वाचन सुरक्षा र नागरिकमैत्री सेवामा सक्रिय हुन महानिरीक्षक कार्कीको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले संगठनको विकास र सुदृढीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता र अनुशासनका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा महानिरीक्षक कार्कीले आगामी निर्वाचनको सुरक्षासम्बन्धी संवेदनशीलता, समसामयिक विषयवस्तु तथा प्रहरी गतिविधि र कामकाज सम्बन्धमा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।

उनी भन्छन्, “सुरक्षा चुनौतीहरूको सामना गर्न प्रभावकारी रणनीति बनाएर कुनै पनि अपराध विरुद्ध कडा कदम चाल्नुपर्छ। प्रत्येक प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूर्णरूपमा बहन गर्नुपर्छ।”

महानिरीक्षक कार्कीले पारदर्शी र बस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राख्दै थप सक्रियताका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन्। साथै, भिड नियन्त्रणका क्रममा बल प्रयोगको सिद्धान्त पालन गर्न र सवारी दुर्घटना न्यूनीकरणमा समेत सक्रिय हुन आवश्यक रहेको उल्लेख गरे।

उनी भन्छन्, “आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीतिहरू लागू गर्दै स्थानीय तह र सरोकारवाला पक्षसँग समन्वय गरी व्यावसायिक, उत्तरदायी र जबाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्छ। प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन र व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न थप सक्रिय रहनुपर्छ।”