२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलौरीका विपन्न २९ परिवारलाई सुरक्षित आवास

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाका चार वडाका अतिविपन्न परिवारका लागि दातृ निकायको सहयोगमा २९ वटा सुरक्षित आवास निर्माण गरिएका छन् । बेलौरी नगरपालिका, ह्याबिट्याट नेपाल र निड्स नेपालको संयुक्त लगानीमा सुरक्षित आवास निर्माण पूरा भएको हो ।

निर्माण सम्पन्न आवासलाई सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको निड्सका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए। उनका अनुसार सुरक्षित आवास निर्माणका लागि बेलौरी नगरपालिकाले प्रतिघर रु दुई लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालले प्रतिघर रु दुई लाख लाख ५० हजार लागत साझेदारी गरेका छन् ।

बेलौरी नगरपालिका–५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८ मा ५ वटा गरी कूल २९ सुरक्षित आवास निर्माण गरिएका छन् । नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समितिमार्फत घर निर्माण गरिएको निर्देशक रेग्मीले बताए। 

“सुरक्षित आवास परियोजनामार्फत विपद् जोखिम न्यूनीकरण गर्दै कमजोर संरचनामा बसोबास गर्दै आएका परिवारलाई नगरपालिकासँग सहकार्य गरी सुरक्षित आवास निर्माण गरी बसोबासको व्यवस्था गरेका छौँ”, उनले भने, “गत वर्ष पनि नगरपालिकासँग सहकार्यगरी वडा नं ९ मा १० र वडा नं १० मा ५ वटा गरी १५ सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरेका थियौँ ।”

सुरक्षित आवास निर्माणले नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई सुरक्षा भएको बताए। नगरप्रमुख पोतीलाल चौधरीले सुरक्षित आवास निर्माण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै गरिब तथा विपन्न नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।