काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक पटकको समानुपातिक अन्तिम पटक समानुपातिकको उम्मेदवार हुने प्रस्ताव पेस गरेका छन् ।
विशेष महाधिवेशनको बन्द सत्रको हलमा सांगठनिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले यो प्रस्ताव पेस गरेका हुन् ।
‘प्रत्यक्ष या समानुपातिक प्रतिनिधित्वको निश्चित कार्यकाल हुने । (एक पटक समानुपातिक-अन्तिम पटक समानुपातिक),’ उनले पेस गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । काँग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा जारी छ ।







