काठमाडौँ । ६ कम्युनिस्ट पार्टीहरूले संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन् ।
संघर्ष समितिले विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि संघर्ष अघि बढाउने सार्वजनिक गरेका छन् ।
संघर्ष समितिमा सिपी गजुरेल महासचिव रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला कंचन महासचिव रहेको नेकपा बहुमत, आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, महिन्द्र मल्ल अध्यक्ष रहेको नेकपा जनपक्ष, ऋषिराम कट्टे्ल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी र पूर्णबहादुर सिंह समरजंग महासचिव रहेको समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।
संघर्ष समितिले राष्ट्रिय निकासका लागि भन्दै ४ बुँदे निर्णय सार्वजनिक गरेका छन् ।
यसैबीच मसाल जुलुश गर्न निस्किएका संघर्ष समितिका छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







