२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । चितवनस्थित भरतपुर महानगरपालिकामा कार्यरत रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सार्वजनिक पदको दुरुपयोग गरी आचार्यले करिब ६ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको ठहरसहित अदालतमा अभियोग पत्र दर्ता गरिएको हो।

अनुसन्धानका क्रममा आचार्यले अवैध रूपमा आर्जन गरेको रकमबाट आफ्नी पत्नी लिली सुवेदीको नाममा समेत विभिन्न सम्पत्ति खरिद गरेको देखिएको आयोगको निष्कर्ष छ। सोही कारण प्रचलित कानुनअनुसार ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुवेदीलाई पनि प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार आचार्य तथा उनका एकाघर परिवारका सदस्यहरूको वैधानिक आम्दानी करिब ३ करोड ५१ लाख रुपैयाँ रहेको देखिन्छ। तर आम्दानी, खर्च र बैंक मौज्दातको समग्र मूल्यांकन गर्दा सो रकमभन्दा अत्यधिक, करिब ६ करोड ७८ लाख रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा थप भएको पाइएको छ।

वैधानिक स्रोतबाट पुष्टि हुन नसक्ने उक्त अतिरिक्त सम्पत्ति सार्वजनिक पदमा रहँदा आर्जन गरिएको ठहरसहित आचार्य र सुवेदी दुवैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।