२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक तथा मानवीय विपदबाट साढे नौ महिनामा ४३१ जनाको ज्यान गयो

अ+ अ-

काठमाडौँ । पछिल्ला करिब साढे नौ महिनाको अवधिमा देशका विभिन्न भागमा घटेका विपद्का घटनाका कारण ४३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८२ वैशाख १ गतेदेखि माघ १२ गतेसम्म उक्त मानवीय क्षति भएको हो।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा नेपालभर ६ हजार ११४ वटा विपद्का घटना अभिलेखमा आएका छन्। ती घटनामा परेर एक हजार ६७१ जना घाइते भएका छन् भने ३८ जना अझै बेपत्ता रहेका छन्।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै सर्पदंशका कारण देखिएको छ। सर्पको टोकाइबाट मात्रै ९७ जनाले ज्यान गुमाएका छन्। त्यसपछि आगलागीबाट ७५, पहिरोबाट ७१, चट्याङ लागेर ४४, जंगली तथा अन्य जनावरको आक्रमणबाट ४३ र बाढीका कारण ३७ जनाको मृत्यु भएको छ। यस्तै लेक लागेर ३५, हावाहुरीबाट ८, अत्यधिक वर्षाबाट ७, हिम पहिरोबाट ६ र वन डढेलोबाट एक जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।

बेपत्ताको अवस्थातर्फ हेर्दा बाढीका घटनामा २७ जना, पहिरो र हिम पहिरोमा समान ५-५ जना तथा जनावरको आक्रमणमा एक जना सम्पर्कविहीन रहेका छन्।

विपद्का यी घटनाबाट करिब साढे नौ महिनाको अवधिमा ११ हजार ७३२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ।