२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिचाङका सभामुखसँग महावाणिज्यदूत निरौलाको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । चीनको सिचाङ स्वायत्त क्षेत्रको प्रादेशिक संसद्को अधिवेशनमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला विशेष अतिथिका रूपमा सहभागी भएका छन् ।

उनी ल्हासामा यही माघ १६ गते आयोजित चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सिचाङ स्वायत्त क्षेत्रको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन तथा माघ १७ गते आयोजित जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको बाह्रौँ जनकांग्रेसको चौथो अधिवेशन दुबईमा एक मात्र विदेशी कूटनीतिज्ञका रूपमा सहभागी भएका हुन् । कुनै पनि राष्ट्रका महावाणिज्यदूत स्तरका अधिकारी संसद्मा विशेष अतिथिका रूपमा उपस्थित हुने अवसर ल्हासाका नेपाली महावाणिज्यदूतलाई मात्र प्राप्त हुने गर्दछ ।

अघिल्लो दिन माघ १६ गते भएको जनराजनीतिक परामर्शदात्री सम्मेलनमा सिचाङ स्वायत्त क्षेत्रको सरकारले सन् २०२६ मा अवलम्बन गर्नुपर्ने नीति र प्रस्तुत गरेका थिए । सोही सम्मेलनले निर्देश गरेअनुरुप भोलिपल्ट माघ १७ गते सम्पन्न भएको संसद्को अधिवेशनमा सिचाङ स्वायत्त क्षेत्र सरकारका अध्यक्ष गामा छेतेनले २०२५ मा सरकारले गरेका मूलभूत कार्यको समीक्षात्मक जानकारी प्रस्तुत गर्दै २०२६ मा सम्पन्न गरिने प्रमुख कार्यक्रम तथा बजेट प्रस्ताव गरेको नेपाली महावाणिज्यदूतावासले जनाएका छ ।

उक्त अवसरमा चिनियाँ जनकाँग्रेस स्थानीय समिति अध्यक्ष तथा सिचाङ स्वायत्त क्षेत्रीय जनकांग्रेस अध्यक्ष लुओ साङफ जियान काङले धार्मिक मामिलासम्बन्धी मस्यौदा नियमहरूको व्याख्या पेस गरेका थिए ।

सो अवसरमा सिचाङ स्वायत्त क्षेत्रलाई दक्षिण एसियाको उच्चस्तरीय प्रवेशद्वारका रूपमा विस्तार गर्दै गहिरो विश्वव्यापी सम्बन्धलाई बढावा दिने आफ्नो प्रतिबद्धता व्यक्त गरिएको थियो । यस वर्षको सरकारी नीति बजेट तथा कार्यक्रमा छिमेकी देशसँगका सीमा बिन्दुहरूमा पूर्वाधार विकासमा जोड दिइएको छ ।

संसद बैठकलगत्तै महावाणिज्यदूतले सिचाङ सरकारका उपमहासचिव एवम् जातीय, धार्मिक तथा वैदेशिक मामिला समितिका अध्यक्ष सभामुख दान्चेन लुन्चुसँग शिष्टाचार भेटघाट गरेका थिए । सो भेटका अवसरमा महावाणिज्यदूतले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि चर्चा गर्दै हालसम्म चीनले नेपालको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ ।

उनले नेपालका संघीय तथा प्रादेशिक संसद्सँग सिचाङ स्वायत्त क्षेत्रको संसद्को भगिनी सम्बन्ध कायम गरी अनुभव आदान–प्रदान गर्न सके दुबै पक्ष लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष लुन्चुलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि अनुरोध गरे भने अध्यक्ष लुन्चुले सिचाङलगायत चीनको विकासबाट नेपालजस्तो असल छिमेकी राष्ट्र लाभान्वित हुन सक्ने बताउँदै आफू र आफ्नो सरकार त्यसका लागि सदैव तयार रहेको बताए ।
भेटमा द्विपक्षीय हितका अन्य विविध विषयमा छलफल भएको थियो भने दुबै पक्षबीच रहेको सम्बन्ध अझ बलियो बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।