२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रुटिरहित जिम्मेवारी निर्वाह गर्न मातहतका सुरक्षाकर्मीलाई आइजिपी अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा त्रुटिरहित जिम्मेवारी निर्वाह गर्न मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

शुक्रबार देशभरका युनिटहरूलाई भर्चुअल माध्यमबाट ब्रिफिङ दिँदै एक मात्र लक्ष्य भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेकोले महानिरीक्षक अर्यालले उक्त निर्देशन दिएका हुन् ।

उनले निर्वाचनको समयमा आउन सक्ने कठिनाइ र चुनौतीलाई समयमा नै आकलन गरी निर्वाचन सुरक्षार्थ खटिने सुरक्षाकर्मी तथा सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी समाधान गर्ने तथा मौसम प्रतिकूलताका कारण हिमाली भेगहरूमा हिउँ पर्न सक्ने सम्भावना रहेको हुँदा वैकल्पिक मतदान स्थलको समेत पहिचान गर्न निर्देशन दिए ।

महानिरीक्षक अर्यालले निर्वाचनमा खटिने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा निर्वाचन प्रहरीले आम नागरिकलाई मतदान गर्न आउने/जाने समयमा आइपर्नसक्ने कठिनाइहरूमा समेत सहयोग र सहजता लागि तयारी हालतमा रहन भनेका छन् ।

निर्वाचनको समयमा विभिन्न खालको चुनौती तथा कठिनाइ पर्न सक्ने सम्भावना रहेको हुँदा निर्वाचनमा परिचालन हुने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू चनाखो भई कार्य गर्न पनि उनले निर्देशन दिए । निर्वाचनको समयमा आवश्यक पर्ने साधन स्रोत तयारी हालतमा राख्न पनि उनको निर्देशन छ ।

सोही अवसरमा महानिरीक्षक अर्यालले हिमाली भेग तथा विकट ठाउँमा रहेर आफ्नो जिम्मेवारी पूरा गरिरहेका सशस्त्र प्रहरी कर्मचारी तथा कार्यालयहरूको अवस्था, मौसमी प्रतिकूलता, भौगोलिक अवस्था र वस्तुस्थितिको बारेमा समेत जानकारी लिए । डेढ दर्जन जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएमा विकल्पमा लिइने निर्णयबारे पनि सरकारले समीक्षा गरिरहेको गृह मन्त्रालयले जनाएको छ । यसका लागि निर्वाचन आयोगसँग समन्वय भइरहेको जनाइएको छ ।