२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति, बिनासर्त रिहाइको माग

अ+ अ-

काठमाडौँ । आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईँलाई कुनै शर्त नराखी तत्काल मुक्त गर्न सरकारसँग आग्रह गरेको छ। प्रसाईँलाई सोमबार साँझ भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिइएको जनाइएको छ।

पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा रातिको समयमा गरिएको पक्राउप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा राज्य संयन्त्रले आलोचनात्मक धार र फरक मतप्रति असहिष्णुता देखाउँदै पटक-पटक पक्राउ र रिहाइको प्रक्रियालाई दोहोर्‍याउनु शासनको परिपक्वता र संस्थागत मर्यादासँग मेल नखाने कार्य भएको टिप्पणी गरिएको छ।

आजपाले यस्तो गतिविधिले विधिको शासन, लोकतान्त्रिक मूल्य तथा नागरिक स्वतन्त्रतामा नकारात्मक प्रभाव पार्ने दाबी गरेको छ। साथै मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमा प्रत्यक्ष असर पर्ने कुनै पनि कदमबाट सरकार सचेत हुनुपर्ने बताउँदै कथित प्रतिशोधपूर्ण कारबाहीलाई तत्काल निष्प्रभावी बनाइ प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरिएको छ।