२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमै पहिलोपटक सीपमा आधारित सिकाइ मेला

अ+ अ-

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमै पहिलोपटक निजी क्षेत्रबाट सीपमा आधारित सिकाइ मेला सञ्चालन गरिएको छ । सुर्खेत वीरेन्द्रनगरस्थित सिद्ध पाइला विद्यालयले सीपमा आधारित सिकाइ मेला सञ्चालन गरेको हो । मेलामा विद्यालयले परम्परागत रूपमा सञ्चालनमा रहेका औजार प्रयोग गर्ने तरिका सिकाएको थियो ।

सीपमा आधारित सिकाइ मेलामा खाना बनाउने तरिका तथा विभिन्न परम्परागत औजारको प्रयोग तथा प्रदर्शन गरेको थियो । लोप हुँदै गरेका सामग्रीद्वारा समाजमा भइरहेको विकासका विषयमा भौतिक सामग्रीको प्रस्तुतिबाट सिकाइ गरिएको थियो । मेलामा ढिकी, जाँतो, ठेकीमा मोही बनाउने तरिका, फलामका भाँडाकुँडा बनाउने तरिका र खानाका परिकार बनाउने विधि प्रयोगात्मक रूपमा प्रस्तुत गरिएको थियो । विद्यालयमा बनाएको परिकारको खरिद तथा बिक्रीसमेत गरिएको थियो । अग्र्यानिक खाना निर्माण गरेर बिक्रीसमेत गरिएको छ ।

सेलरोटी, कोदाको रोटी, सिस्नु रोटी र आलुबाट निर्माण हुने परिकार बनाएको थियो । टपरीमा खाना बिक्री गर्नका लागि टपरी निर्माण गर्ने सीप सिकाइका साथै खाना टपरीमा बिक्री गरिएको छ । आधुनिक रूपमा प्रयोग हुने विभिन्न उपकरणसमेत प्रदर्शनी गरिएको छ । कर्णालीमा उत्पादन हुने ओखर, स्याउ तथा अन्य दालजन्य वस्तुको बिक्री वितरण गर्न स्टल नै राखिएको छ । उक्त कार्यक्रममा पाँच सयभन्दा बढी अभिभावक तथा बालबालिकाले सक्रिया रूपमा प्रयोगात्मक कार्यमा सहभागी हुनुका साथै आर्थिक रूपमा लाभ उठाएका छन् ।

विद्यालयका प्रधानाध्यापक नैनसिंह खत्रीले यो कार्यक्रमबाट पढेरमात्र होइन, परेर पनि धेरै कुरा सिक्न सकिन्छ भन्ने उदाहरण दिएको बताए।  प्रयोगात्मक रूपमा धेरै कुरा सिक्ने र जीवनलाई सरलीकृत गर्ने अभियानमा रहेको पनि उनको भनाइ छ । “डिग्री पढेको भनी हामी जानकारी दिन्छौँ तर खाना बनाउन पनि आउँदैन भने त्यो पढेको के अर्थ भयो,” उनले भने, “हामीले विगतको संस्कार, संस्कृतिलाई संरक्षण गर्नुका साथै नयाँ आधुनिक विश्वमा आफूलाई जानकार बनाउनुपर्ने दायित्व छ ।”

खाना जानेरभन्दा पनि खाना नजानेर धेरैलाई समस्या आएको उनको भनाइ छ । कर्णाली अग्र्यानिक उत्पादनको महत्त्वपूर्ण क्षेत्र भए पनि निर्माण गर्ने तरिका तथा सीपको अभावमा दुनियाँको प्रयोगशाला भएको उनको भनाइ छ । विद्यालयमा पढाउनुमात्र ठूलो कुरा नभई सीपसहित ज्ञान दिएर भावी पुस्तालाई समेत विगत, वर्तमानबारे अवगत गराउँदै आधुनिक विश्वसँग प्रतिस्पर्धा गराउने नागरिक तयार गर्नु अहिलेको दायित्व भएको खत्रीको भनाइ छ । कार्यक्रममा सबै सीपको प्रदर्शनीमात्र नभई अभ्यास पनि भारी मात्रामा गरिएको थियो ।

बालबालिकाले अभिभावकसँग खाना बनाएर बिक्री गर्दै आर्थिक रूपमा पनि लाभ उठाएका थिए । सहरबजारमा नपाइने परम्परागत औजारको प्रदर्शनीले विगतमा पुर्खाहरूले गरेका कठिन दिनको संघर्ष पनि झल्किएको थियो । अहिलेको विकाससँगै विगतमा भएका संघर्षका कथा आजको प्रदर्शनीमा झल्किने गरेको थियो ।