२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

अ+ अ-

चन्द्रपुर (रौतहट) । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४ अन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर परिसरमा अस्थायी मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए ।
उक्त अस्थायी मतदान केन्द्रमा जगेडामा रहने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी तथा कारागारमा रहेका कैदीबन्दीले मतदान गर्ने उनले बताए । तीनवटै अस्थायी मतदान केन्द्रमा दुई–दुई जनाका दरले कर्मचारीको व्यवस्था गरिएको छ । गौर कारागारमा ६३ जना कैदीबन्दीको मतदाता नामावली रहेको गौर कारागार प्रमुख प्रदीप पौडेलले जानकारी दिए । उनीहरूलाई मतदान गर्न कारागार परिसरमै अस्थायी मतदानस्थल निर्धारण गरिएको उनले जानकारी दिए।

जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा २७७ वटा मतदानस्थल र ५४१ वटा मतदान केन्द्र छन् । अठारवटा पालिका रहेका यहाँ यस वर्ष चार लाख ३६ हजार ६११ मतदाता छन् ।

दुईवटा मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व

यहाँका दुईवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । गौर नगरपालिका–५ मा रहेको आधारभूत विद्यालय बालमन्दिर भवन मतदानस्थलमा रहेका दुईवटा मतदान केन्द्रमा उनीहरुलाई खटाइएको हो ।

उक्त मतदानस्थलको ‘क’ मतदान केन्द्रको मतदान अधिकृतमा आस्था शर्मा पौडेल, सहायक मतदान अधिकृतमा सुचिता श्रीवास्तव, सहायक कर्मचारीमा प्रियङ्का कुमारी यादव, सविता कुशवाह, रुबि झा र कार्यालय सहयोगीमा रञ्जना रिजाल तथा ‘ख’ मतदान केन्द्रमा मतदान अधिकृत सब्रिना खातुन, सहायक मतदान अधिकृतमा कल्याणी मिश्र, सहायक कर्मचारीमा अर्चनाकुमारी साह, हिमकला पोखरेल, मनिषा चौधरी र कार्यालय सहयोगी गुडियादेवी राम रहनुभएको जिल्ला मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नं १ को निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिए ।

क्षेत्र नंं १ क्षेत्रमा १३२ मतदान केन्द्र छन् । सो क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ यही फागुन ९ गते नै निर्वाचनसम्बन्धी प्रशिक्षण दिइसकेको उनले जाकारी दिए । जिल्लाको ५४१ मतदान केन्द्रमा एक हजार ४६ जना कर्मचारी खटिसकेका छन् ।