२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाराजगञ्जस्थित भाटभटेनी पुनर्निर्माणपछि पुनः सञ्चालनमा

अ+ अ-

काठमाडौँ । आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेको भाटभटेनी सुपरमार्केट महाराजगञ्ज करिब छ महिनाको मर्मत तथा पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।

सुपरमार्केटको पुनः उद्घाटन अवसरमा संस्थाका अध्यक्ष मीनबहादुर गुरुङ लगायतको उपस्थितिमा धार्मिक अनुष्ठान सम्पन्न गरी सर्वसाधारणका लागि सेवा पुनः सुरु गरिएको जनाइएको छ। आन्दोलनको घटनाबाट भवन संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि पुनर्निर्माण कार्य चरणबद्ध रूपमा अघि बढाइएको थियो।

उक्त आन्दोलनको प्रभाव देशभर रहेका १२ वटा स्टोरमा परेको थियो। तोडफोड तथा आगजनीका कारण ठूलो आर्थिक क्षति पुगेको र भवनभित्र रहेका सामग्री नष्ट भएको कम्पनी स्रोतले जनाएको छ। घटनाका क्रममा केही व्यक्तिहरू जलेको अवस्थासमेत भेटिएको उल्लेख गरिएको छ।

यसअघि नै भाटभटेनी सुपरमार्केट कोटेश्वर पनि पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ। पुनः सञ्चालनमा ल्याइएका संरचनाहरूमा क्षतिका दृश्य र राष्ट्रिय प्रतीकात्मक भवनहरूको तस्बिर समेटिएको सन्देशमूलक प्रस्तुति राखिएको छ, जसमा सिंहदरवार, सर्वोच्च अदालत र संघीय संसद भवन का दृश्यहरू समावेश छन्।

घटनापछि भवन लामो समय सञ्चालनमा आउन नसक्ने अनुमान गरिए पनि पुनर्निर्माण सम्पन्न गरी सेवा पुनः सुरु गरिएको कम्पनीले जनाएको छ। व्यावसायिक पूर्वाधार पुनर्स्थापनाले निजी क्षेत्रको पुनरुत्थान सम्भावना र सेवा निरन्तरताप्रति सकारात्मक सन्देश दिएको सरोकारवालाहरूको धारणा छ।