२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्गम किमाथांका क्षेत्रमा निर्वाचन व्यवस्थापनका लागि कर्मचारी परिचालन

अ+ अ-

काठमाडौँ । पूर्वी पहाडी जिल्ला संखुवासभाको विकट उत्तरी भेगमा पर्ने किमाथांका क्षेत्रमा निर्वाचन कार्य सञ्चालन सुनिश्चित गर्न कर्मचारी परिचालन गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शुक्रबार भोटखोला गाउँपालिका वडा नं. १ स्थित किमाथांका, वडा नं. २ का रिदाक र थुदामका मतदान स्थलतर्फ कर्मचारी खटाइएको हो। यही १८ गतेभित्र सबै मतदान स्थल र केन्द्रमा जनशक्ति पुगिसक्नुपर्ने कार्यतालिका रहेकाले जिल्लाको सबैभन्दा दुर्गम क्षेत्रमा प्रारम्भिक चरणमै टोली पठाइएको कार्यालयले जनाएको छ।

जिल्ला सदरमुकाम खाँदबारी देखि किमाथांकासम्मको दूरी करिब १६२ किलोमिटर छ। खाँदबारीबाट ८० किलोमिटर दूरीको बरुण दोभानसम्म मात्र सवारी सुविधा उपलब्ध रहेको र त्यसपछि पैदल यात्रा गर्नुपर्ने अवस्थाका कारण आवश्यक जनशक्ति अग्रिम रूपमा पठाइएको बताइएको छ। दूरीका आधारमा अन्य मतदानस्थलमा पनि शनिबारदेखि क्रमशः कर्मचारी परिचालन गरिने जानकारी दिइएको छ।

जिल्लाभर निर्वाचन सञ्चालनका लागि ३३७ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिएको छ। साथै ७६ वटै वडामा एक-एक जना मतदाता स्वयंसेवक परिचालन गरिएको छ। समग्रमा ९८५ कर्मचारी निर्वाचन व्यवस्थापनमा खटाइएको कार्यालयले जनाएको छ।

संखुवासभामा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। यहाँ ५७ हजार ४५८ महिला र ६२ हजार १७२ पुरुष गरी कुल १ लाख १९ हजार ६३० मतदाता रहेका छन्। जिल्लामा १०९ मतदान स्थल र १६४ मतदान केन्द्र निर्धारण गरिएको छ। एक स्वतन्त्र उम्मेदवारसहित १५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा सहभागी रहेका छन्।