२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

अ+ अ-

दशरथचन्द (बैतडी) । बैतडीको पुर्चौंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो ।

भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १० वर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेको थियो ।

पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरका अनुसार १० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएकामा मौसमी फ्लु‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको हो । यो रोग सामान्य भए तापनि विशेषगरी बालबालिका र वृद्धमा छिटो सर्ने स्वास्थ्य शाखा प्रमुख कुँवरले बताए।

पाँच वर्षमुनिका बालबालिका, गर्भवती तथा ६५ वर्षमाथिका दम, मुटु मधुमेह दीर्घरोगीले विशेष ख्याल गर्नुपर्ने उनले बताए। महरागाउँका एकैघरका दुई दाजुभाइको मृत्यु हुनुका साथै गाउँमा मौसमी ज्वरो ‘इन्फ्लुएञ्जा बी’ प्रकोप देखिएको थियो । त्यसलगत्तै उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटिएर स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको थियो ।

साबुन पानीले हात धुने, भीडबाट टाढा बस्ने खोक्दा/हाछ्युँ मुख छोप्नेलगायत आवश्यक स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकहरुर्मीले आग्रह गरेका छन् ।