काठमाडौँ । चितवन–३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतमको अग्रता देखिएको छ ।
उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ ।
नेकपा एमालेका शंकर थपलियाले १ हजार ५९ मत पाएका छन् । नेपाली काँग्रेसका टेक प्रसाद गुरुङले ६ सय ६८ मत ल्याएका छन् । मतगणना जारी छ ।







